जापान भरीमा ८,००० भन्दा बढि कोरोना संक्रमित। क्लस्टरको आसंका

१४ अप्रिल बिहान १० बजे (JST) सम्मको गणना अनुसार कोरोनाबाट जापानमा ८,००० भन्दा बढी मानिसहरू संक्रमित र १४६ जनाको मृत्यु भइसकेको छ। जापानमा सरकारले ७ अप्रील मा संकटकाल घोसणा जारी गर्यो। अहिलेको लागी यो ६ मै सम्म लागु हुने गरी संकटकाल घोसणा गरिएको छ। संकटकाल घोसणा गरिएतापनि अरु देशको लकडाउन गरीएको भने होइन। लकडाउन गरे कोरोनाको संख्या बढ्न रोक लाग्ने भएता पनी जापानी सरकारमा त्यस किसीमको घोसणा गर्ने अधिकार नभएको हुँदा संकटकाल घोसणा मात्रै गरीएको कुरा जानकारीमा आएको छ।

हाल सम्मको गणना अनुसार संक्रमितको संख्या उच्च रहेको सहरहरु यस प्रकारका छन।

  • टोकियो : २,१५८
  • ओसाका : ८३५
  • चिबा : ४८६
  • ह्योउगो : ३८४
  • फ़ुकुओका : ३७३
  • आइचि : ३३६
  • होक्काइदो : २७२
  • क्योटो : २०५
  • इसिगावा : १२१
  • गिफु : ११९, …

जापानको सबै संक्रमित सहरको गणनाको लागी यहाँ हेर्नुहोस।

यहाँहरुको पनी कोहि आफन्तहरु जापानमा हुनुहुन्छ भने सचेत भइ बस्न आग्रह गर्नुहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *