जापानमा कोरोना भाइरस सम्बन्धी मार्च ३० सम्मको जानकारी

मार्च ३० सम्मको जानकारी अनुसार जापानमा कोरोना विरामीको संख्या १,८९४ जना पुगेको छ। डायमण्ड प्रिन्सेस नामक क्रुज (जुन विदेशबाट आएको हो) मा रहेको विरामीको संख्या पनी जोड्ने हो भने जापानमा मात्रै कुल विरामी को संख्या २,६०६ जना पुगेको श्रोतले जनाएको छ। हालसम्म जापानभित्र कुनै ठोस किसीमको प्रतिबन्ध भने लगाइएको छैन। तर पनी जापान सरकारले भने अत्यावस्यक काम नभई बाहिर ननिस्किन आफ्नो नागरीकलाई आग्रह गर्दै आएको छ।

हाल सम्मको गणना अनुसार विरामीको संख्या उच्च रहेको सहरहरु यस प्रकारका छन।

  • टोकियो : ४३०
  • ओसाका : २०८
  • होक्काइदो : १७५
  • आइचिकेन : १६७
  • चिबाकेन : १५८
  • ह्योउगोकेन : १३३
  • खानागावाकेन : १२५
  • साइतामाकेन : ८४ ….

NHK जापान बाट साभार गरीएको


यसै बिच जापानमा रहेको नेपाली दुतावासले पनी आफ्नो नागरीकलाई कोरोना भाइरस विरुद्ध सतर्कता अपनाउन निरन्तर अनुरोध गर्नुका साथै नेपाल सरकार द्वारा जारी गरेको नियमहरुको सुचना आफ्नो होमपेज मार्फत दिदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *