टोकियो ओलम्पिकको मिति तय

यो वर्ष जापानमा आयोजना गर्न लागीएको टोकियो ओलम्पिक कोरोनाको डरले पछाडि सारीएको छ। अन्तरास्ट्रिय ओलम्पिक कमिटीले पनी जापानको यो निर्णयलाई सराहना गर्दै स्विकार गरेको छ। २०२१ सालको गर्मी महिना सम्ममा आयोजना गर्ने लक्ष्य राखीएको यो ओलम्पीकको मिति तय गरिएको छ। यो नयाँ मिति अनुसार टोकियो ओलम्पिक आगामी बर्ष जुलाई २३ देखी अगस्ट ८ सम्म हुने भएको छ।

२०२१ सालमा ओलम्पिक गरीने भएता पनी नाम भने २०२० टोकियो ओलम्पिकनै राख्ने निर्णय गरीएको छ।

कसैले टोकियोमा आउने योजना बनाउदै हुनुहुन्छ भने आगामी वर्षको जुलाई सर्वोत्तम रहन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *